पूर्वाञ्चल खबर
मोरङको जहदा गाउँपालिका –४ स्थित लोहन्द्रा खोला छेउमा नामथर वतन नखुलेको अन्दाजी ७५ बर्षिय पुरुष मानिस मृत अवस्थामा फेला परेको मोरङ प्रहरीले जनाएको छ ।
यसैगरी मोरङको बुढीगंगा गाउँपालिका वडा नं.–७ धरहरा बस्ने १९ बर्षिया सन्तोषीकुमारी खवास आफ्नै घरको कोठाको बलोमा साडीको पासो लगाई झुण्डी मृत अवस्थामा रहेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार खिउंजले बताए ।
दुवै घटनाका सम्वन्धमा आवश्यक कानूनी प्रक्रिया पुरा गरी थप अनुसन्धान भैरहेको मोरङ प्रहरीले जनाएको छ ।