पूर्वाञ्चल खबर
कार्यक्रममा बोल्दै उनले हरेक वडामा एउटा पार्क निर्माणको अभियानको सुरूवात भएको बताए । ‘एक वाड, एक पार्क बनाउने महानगरले अभियान थालेको छ,’ उनले भने, ‘यसको सुरूवात विराटनगर ४ बाट भयो ।’ पार्कले सौन्दर्य बढाउने भएकोले हरेक वडामा एउटा पार्क निर्माण गर्ने कामको थालनी गरेको उनको भनाई छ । हरियाली पार्ककको बिचमा बगैचा र गफिनै चौतरा रहेको छ । जहाँ स्थानिय र आन्तरिक पर्यटकहरूलाई गफिने राम्रो गन्तब्य बनेको छ । संचालनको आएको पार्कमा क्लासिकटेकको इन्टरनेट सेवा निःशुल्क जडान गरिदिने क्षेत्रीय प्रबन्धक भुपालसिंह कार्कीले बताए ।
सो पार्कको निमार्ण कालीका कष्ट्रक्सनले गरेको हो । सोही अवसरमा महानगरले विराटनगरको विकासमा महत्वपुर्ण भुमिका खेलेको भन्दै सम्मान पनि गरेको थियो । त्यस्तै विराटनगरको सरस्वती टोलमा पनि परियोजना अन्तरगतको पार्क निर्माणको काम भईरहेको कालीका कष्ट्रक्सनका सुपरभाईजर उज्जल प्रसाईले जानकारी दिए ।