AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङ व्यापार संघ शुरु गरयो भारतीयहरुकालागि रजिष्ट्रेशन क्याम्प

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ श्रावण २०७६, शनिबार २१:१५
3
Shares
विराटनगर / मोरङ व्यापार संघ र भारतीय राजदुतावास, काठमाण्डौंले संयुक्त रुपमा मोरङमा कार्यरत तथा अध्ययनरत भारतीय नागरिकहरुकालागि तीन दिने रजिष्ट्रेशन क्याम्पको आयोजना गरी दर्ता शुरु गरेको छ ।

आजदेखि शुरु भएको जिष्ट्रेशन क्याम्पको पहिलो दिन क्याम्पबाट ५ सयभन्दा बढी भारतीय नागरिकहरुले दर्ता गरि प्रमाण पत्र प्राप्त गरेका मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताए ।

भारतीय दुताबासको आग्रहमा मोरङ व्यपार संघ आफनो सचिवालयमा कन्सुलर क्याम्पको आयोजना गरेका अध्यक्ष मुन्दडाले बताए । यस क्षेत्रमा कार्यरत तथा अध्ययनरत हजारौँ भारतीय नागरिकहरुलाई सहज हुने गरी रजिष्ट्रेशन क्याम्पको आयोजना गराएको हो । आजदेखि शुरु भएको रजिष्ट्रेशन क्याम्प सोमबारसम्म सञ्चाल हुने मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नविन रिजालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर