पूर्वाञ्चल खबर
विराटनगर / विराटनगरस्थित सिंघिया खोलामा पौडी खेल्ने क्रममा एक जनाको आज विहान वेपत्ता भएका छन् ।
रामेछाप घर भई बिराटनगर ७ ईश्वरी श्रेष्ठको घरमा बस्दै आएको कुमार गुरुङको १५ वर्षिय छोरा रमेश गुरुङ पौडी खेल्न क्रममा खोलाले बगाएर बेपत्ता भएका हुन् । उक्त स्थानमा स्थानिय बासी र नेपाल प्रहरीद्धारा खोजतालस कार्य रहेको मोरङ प्रहरीले जनाएको छ ।