पूर्वाञ्चल खबर
पथरी / मोरङको कानेपोखरी गाउँपालिका ७ स्थित जनजागृती सामुदायिकवनबाट प्रहरीले २ थान भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ ।
हिजो साँझमा उक्त स्थानमा अस्थायी प्रहरी चौकी कानेपोखरी, वन कार्यालय कानेपोखरी र जनजागृती वन उपभोक्ता समितिका प्रतिनिधीहरुको संयुक्त टोलीले वनमा गस्ती गर्ने क्रममा कानेपोखरी गाउँपालिका ५ जहदाका २६ वर्षिय धनकेशर राई र उर्लाबारी नगरपालिकाका ४४ वर्षिय शम्भु गहतराजलाई चेक जाँच गर्ने क्रममा उनीहरुकोसाथबाट लोड गरेर राखेको अवस्थामा २ नाल भरुवा बन्दुक फेला पारेको थियो ।
हतियारसहित पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय पथरीमा राखि थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।
रुद्ध नेपालको खेल लाइभ