पूर्वाञ्चल खबर
सुनसरी / सुनसरीको हरिनगरा गाउँपालिका ५ स्थितमा भोक्राहा नरसिंह गाउँपालीकाका २५ वर्षिय राजकुमार मेहताको बाढीले बगाएर मृत्यु भएको छ ।
आज दिउँसो खेतबाट ओभरफ्लो भई आएको पानीमा पौडी खेल्ने क्रममा बाढीले बगाई बेपत्ता भएका राजकुमारलाई स्थानिय र प्रहरी चौकी सिसुवा धरमपुरबाट खटिएको प्रहरी टोलीले खोजतलाश गर्ने क्रममा सोही स्थान देखि केही पर मृत अवस्थामा फेला पारेको सुनसरी प्रहरीलेले जनाएको छ ।