RUMPUM
animated ellipse animated ellipse

संचारग्रामले प्रदेशको विकास र समवृद्धिमा ठुलो सहयोग पुग्छ : मुख्य मन्त्री राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ श्रावण २०७६, शनिबार १९:३८
3
Shares

विराटनगर / प्रदेश १ का मुख्यमंत्री शेरधन राईले रेडियो नेपालका संस्थापक ताराणीप्रसाद कोइरालाको स्मृतीमा विराटनगरमा वन्दै गरेको संचारग्रामले एक नम्वर प्रदेशको विकास र समवृद्धिमा ठुलो सहयोग पु¥याउने वताए ।

विराटनगर–४ मा रहेको तारणीप्रसाद कोइराल स्मृति संचारग्रामको अवलोकन तथा निरिक्षण पछि आयोजित संचारकर्मीसंगको अन्तरक्रिया कार्यक्रममा उनले सञ्चारग्राम नेपालमै नमुना र अत्याधुनिक सुविधा सम्पन्न भवन भएकोले सञ्चारकर्मीले यसवाट अधिकतम लाभ लिन सक्नुपर्ने वताए ।
मुख्य मन्त्री राईले संचारग्राम प्रदेशको शान र गौरव भएकाले यसलाई तोकिएको समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिदँै संचारग्रामको भवन अत्यन्त नित्यान्त र नौलो भवन भएको र भइरहेको निमार्णको कामवाट आफु सन्तुष्ट रहेको समेत वताए ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले संचारग्रामको.निमार्णकाय ७५ प्रतिशत सम्पन्न भइसकेको र आगामी असोज मासान्त सम्ममा भवन निमार्णको काम पुरा हुने वताए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सञ्चारग्राम महानगरको गहना भएकाले यसको विकासमा महानगरको सहयोग निरन्तर रहने वताए । उनले संचारकर्मीका लागीनै सञ्चारग्राम निमार्ण गरिएकाले यसको सहि रुपमा सदुपयोग गर्न र यसको विकासका लागी सल्लाह सुझाव दिन संचारकर्मीलाई आग्रह गरे ।

प्रदश सभासद चुमनारायण तवदारले सञ्चारग्रामको निमार्णले प्रदेशवासीलाई उत्साहित वनाएको वताए । रेडियो नेपाल र विराटनगर महानगरपालिकाको सहयोगमा निमार्ण भइरहेको सञ्चारग्रामको स्ट्रकचरको काम सम्पन्न भइसेकेकाले आगमी ३ महिना भित्र सवै काम पुराहुने संचारग्रामका स्ट्रकचर डिजाइनर राजन सुवालले वताए यसैगरी विराटनगर महानगरपालिकासंग आजै सञ्चारग्राम संचालनका विषयमा छलफल समेत भएको थियो ।

सङ्घीय सरकार, रेडियो नेपाल र महानगरपालिका संयुक्त रुपमा निर्माण गरिएको उक्त भवन सात कठृा जग्गामा पाँच तल्ला १८ करोड २५ लाख ५२ हजार १३७ को लागतमा निर्माण शुरु गरिएको हो ।

भवनमा महानगरपालिकाको एफ,एम, गीत रिकडिङ्ग, साहित्य, संगीतको अनुसन्धान कार्य, आमसञ्चारमा खुल्ला विश्विद्यालयमा अध्ययनको सुविधा,मल्टिमिडिया र उच्चगतिको कम्प्यूटर जडान गरिने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर