RUMPUM
animated ellipse animated ellipse

नेपाल क्रिकेट सङ्घको निलम्बन यथावत् जिम्बाब्वे क्रिकेट निलम्बनमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ श्रावण २०७६, शुक्रबार १४:४४
3
Shares

विराटनगर । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन यथावत नै राखेको छ ।

आइसिसीले क्यानमा सरकारी हस्तक्षेप बढेको भन्दै नेपाललाई विसं २०७३ वैशाख १३ गते निलम्बन गरेको थियो । त्यसयता बारम्बार फुकुवाको प्रयास भए पनि सफल हुन सकेको छैन । आइसिसीको प्रतिबन्धमा रहे पनि नेपाली क्रिकेट टोलीले आइसिसीकै निगरानीमा अन्तराष्ट्रिय प्रतियोगिताहरु खेल्दै आइरहेको छ ।

निलम्बनमा परेपनि आइसिसीले नै नेपालको क्रिकेट व्यवस्थापन हेर्दै भएको छ । बिहीबार लन्डनमा बसेको आइसिसी बैठकमा नेपालको विषयमा भने केहि निर्णय गरेको छैन ।

नेपाल क्रिकेट संघ (क्यान) निर्वाचनमार्फत नयाँ नेतृत्व आएपछि निलम्बन फुकुवा हुने विश्वास गरिएको छ । अहिले अधिकांस जिल्ला क्रिकेट संघको निर्वाचन भइसकेको छ । अब प्रदेश अनि त्यसपछि केन्द्रीय समितिको निर्वाचन हुनेछ ।

आईसीसीले राजनितिक हस्तक्षेप भएको दाबि गर्दै जिम्बावेमाथि प्रतिबन्ध लगाएको छ । जिम्बावे क्रिकेट बोर्डमा सरकारबाट हस्तक्षेप भएको दाबि आईसीसीको छ । अव कुनै पनि प्रतियोगितामा सहभागी हुन नपाउने गरी जिम्बावलाई आईसीसीले निलम्बनको निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर