AArya
RUMPUM
animated ellipse animated ellipse

सगरमाथा स्कूलले गर्यो प्लस टुमा भर्ना भएका विद्यार्थीलाई स्वागत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० असार २०७६, सोमबार १८:३५
9
Shares

विराटनगर / विराटगर–११ मा रहेको सगरमाथा सेकेण्डरी स्कूलले प्लस टुमा भर्ना भएका नयाँ विद्यार्थीलाई आज एक कार्यक्रमको आयोजना गरी स्वागत तथा एक दिने अभिमुखि गोष्ठी गरेको छ ।

स्कूलले प्लस टुमा भर्ना हुन आएका २ सय जना विद्यार्थीलाई स्वागत गरेको हो । विज्ञान संकायमा १ सय ४० र व्यवस्थापन संकायमा ६० जना विद्यार्थी भर्ना भएको कलेजले जनाएको छ । उनीहरुलाई पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघका केन्दीय अध्यक्ष डा. सन्देशदास श्रेष्ठ, स्कूलका प्रिन्सिपल त्रिलोचन गौतम, साहयक प्रिन्सिपल रोहिणीरमण दवाडी र प्लस टुका को–अर्डिनेटर बाबुराम गुरागाईले प्लस टुका बारैमा बोलेका थिए ।

स्कूल व्यवस्थापन समितिका अध्यक्ष बासुदेव न्योपानेको सभापतिमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर