पूर्वाञ्चल खबर
विराटनगर / न्युजिल्याण्डलाई पराजित गर्दै आयोजक इङ्ल्याण्ड १२ औं संस्करणको आइसिसी एकदिवशीय विश्वकप क्रिकेटको उपाधि हात पारेको छ ।

न्युजिल्याण्डलाई आज क्रिकेटको घर लर्ड्समा भएको रोमाञ्चलक फाइनल खेलमा घरेलु टोली इंग्ल्याण्डले बाउन्ड्रीको आधारमा पराजित गदै विश्वकपको उपाधि पहिलो पटक हात पारेको हो ।
निर्धारित ओभर र सुपर ओभरमा खेल बराबरी भए पछी खेलको निर्णय बाउण्ड्रीबाट भएको हो । निर्धारित ५० ओभरको खेल बराबरी भएपछि सुपर ओभरमा पुगेर इङ्ल्याण्डले उपाधि उचालेको हो । सुपर ओभरमा इङल्यान्डले १६ रन बनाउन सफल भयो । उसका लागि जोस बटलर र बेन स्टोक्सले सुपर ओभरमा ब्याटिङ गरेका थिए । सुपर ओभरमा ब्याटिङमा पुगेका न्युजिल्यान्डमा मार्टिन गुप्तिल एक बलमा २ रन चाहिएको अवस्थमा रनआउट हुन पुगेपछि उपाधि न्युजिल्याण्डको हातबाट फुत्केको हो।
पुरै खेल अवधिमा इङ्ल्याण्डले २ छक्का र २४ चौकासहित २६ बाउण्ड्री प्रहार गरेको थियो भने न्युजिल्याण्ड २ छक्का र १४ चौका प्रहार गर्दै १६ बाउण्ड्री प्रहार गरेको थियो ।
२७ वर्षपछि फाइनलमा पगेको इङ्ल्याण्डले न्यूजिल्याण्डले दिएको २ सय ४१ रनको चुनौती पछ्याउँदै सबै विकेट गुमाएर २ सय ४१ रन नै बनाएको थियो । त्यसपछि सुपर ओभरमा गएको खेल फेरी बराबरी भएपछी इङ्ल्याण्डले बाउण्ड्रीको आधारमा खेल जित्दै उपाधि जितेको हो । सन् २०१५ मा अस्ट्रेलियासँग पराजित न्युजिल्याण्ड भने यो पटक पनि अभागी सावित भयो ।
यस अघि लर्ड्समा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ४१ रन बनाएको छ ।न्युजिल्याण्डका लागि हेनरी निकोलसले ५५ रन बनाउँदा टोम लाथमले ४७ रन बनाए ।
कप्तान केन विलियम्सनले ३० रन बनाउँदा मार्टिन गुप्टिल र जेम्स निसामले समान १९–१९ रन बनाएर आउट भए । इङ्ल्याण्डका क्रिस वोक्स र लियाम प्लुंकेटले समान ३–३ विकेट लिए ।
न्युजिल्याण्डले दिएको २ सय ४२ रनको विजय लक्ष्य पछ्याएको इङ्ल्याण्डले पुरै ५० ओभरमा विकेट गुमाई २ सय ४१ रनमै अलआउट भयो । इङ्ल्याण्डकालागि वेन स्टोकले नटआउट ८४ रन बनाउँदा जज बटलरले ५९ रन बनाए । त्यस्तै जोनी बेयरस्टो ३६ रन, जेसन रोय १७ रन जोडे । न्युजिल्याण्डका लकी फर्गुसन र जेसम निसमले ३–३ विकेट लिँदा म्याट हेनरी र कोलिन डे ग्रान्डीले १–१ विकेट लिए ।