AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा बाढी पहिरोबाट १६ जनाको ज्यान गयो, मोरङमा ३ बेपत्ता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ असार २०७६, शनिबार २०:२०
3
Shares

विराटनगर / पाँच दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी प्रदेश १ मा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पहाडी जिल्लामा पहिरो र तराईमा बाढीका कारण मृत्यु हुनेहरुमा खोटाङमा–३ जना, झापामा–२, ओलढुंगामा– ४ , भोजपुरमा–५, ईलाममा–१ र सुनसरीमा १ जना गरी जम्मा १६ जना पुगेको हो ।

मोरङमा तीन बेपत्ता
निरन्तरको बर्षाका कारण बिगत २ दिनमा मोरङमा मात्र तीन जना वेपत्ता भएका छन् । खोलाले बगाएर हराईरहेका उनीहरुको खोजी कार्य जारी रहेको मोरङ प्रहरीले जनाएको छ । आजै मात्र मोरङका दुई स्थानबाट दुईजनालाई खोलाले बगाएर बेपत्ता पारेको छ ।

निरन्तर परेको अविरल बर्षाको कारण बढेको खोलाले बगाई कटहरी गाउँपालिका ४ की ५० वर्षिया सोभा सोरेन र जहदा गाउँपालिका ५ का १६ वर्षिय आदर्श पोदारलाई लोहन्द्रा खोलाले बगाएर बेपत्ता पारेको हो । उनीहरु मध्ये सोरेन पानीको अबस्था बुझ्नका लागि खोला किनारमा गएको बेला उनलाई खोलाले बगाएको मोरङ प्रहरीले जनाएको छ ।

बिगत दुई दिनको बिचमा बाढीबाट मोरङको केरावारी रंगेली सडक खण्डमा आएको गेउरिया खोलाले बगाएर एकजना बेपत्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर