पूर्वाञ्चल खबर
विराटनगर / नेपाल र मलेसीया बीच भएको टि–२० अन्तराष्ट्रिय सिरिजका पहिलो टि–२० क्रिकेटमा मलेसीयाले नेपाललाई १ सय २९ रनको लक्ष्य दिएको छ ।
मलेसीयाको किनरारा ओभल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको आयोजक मेसीयाले निर्धारित २इ ओभरमा ९ विकेट गुमाई १ सय २८ रनको योगफल तयार पारेको थियो । मेलेसीयाका लागि विरन्दिप सिंहले ५७ रन बनाउँदा कप्तान अहमद फेजले ४५ रन र फेत्री सामले १२ रन बाहेक अन्य खेलाडिले दोहोरो अंक जोड्न सकेनन् । नेपालका करन केसीले ३ विकेट लिँदा बसन्त रेग्मी र सन्दिप लामिछाने २–२ तथा सोमपाल कामीले १ विकेट लिए ।
जुलाई २३ बाट सिंगापुरमा आयोजना हुने टि–२० विश्वकप छनौट एसिया फाइनल प्रतियोगितामा नेपाल र मलेसिया दुवै सहभागी हुँदैछन् जसको तयारीको लागि सिरिज आयोजना गरिएको हो । नेपाल र मलेसियाले कुनै पनि किसिमको सिरिज खेलेको योनै पहिलो पटक हो भने दुवै देश बीच यो नै पहलो टि–२० अन्तर्रा्ष्ट्रिय समेत हो । दोश्रो टि–२० भोलि खेलिनेछ ।