AArya
RUMPUM
animated ellipse animated ellipse

डेङगोको जोखिममा मोरङ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० कार्तिक २०७३, बुधबार १६:५६
3
Shares

विराटनगर/छिमेकी जिल्ला झापामा डेङगोको संक्रमण देखिएपछि मोरङमा पनि सर्तकता अपनाउन थालिएको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने डेङगो रोगको उच्च जोखिम रहेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले सर्तकताको अपनाउन थालेको हो ।

जनस्वास्थ्य प्रमुख चन्द्रदेव यादवका अनुसार राजमार्ग आसपासका बजारहरुमा डेङगोको उच्च जोखिम छ । जोखिम देखिएकाले सर्तकता अपनाइउन माइकिङ गर्न सुरु गरिएको बताए ।

सफा जमेको पानीमा हुर्कने ‘एडिज’ जातको लामखुट्टेको टोकाईबाट यो रोग लाग्छ । रोग लाग्ने वितिकै उच्च जोरो, शरिरमा रातो डावर आउने, वात्ता हुने लक्षण देखा पक्ष । रोग लागेको समयमा नै उपचार नपाए विरामीको मृत्यु समेत हुन सक्छ ।

प्रमुख यादव डेङगोको लक्षण देखिने वितिकै स्वास्थ्य सस्थामा जाच गराउनु पर्ने बताउछन् । डेङगो लागि हाले आराम गर्नु पर्ने र बढी मात्रामा झोलिलो खानेकुरा खानु पर्छ ।

बजार क्षेत्रमा ग्यारेजमा थुपारीका टायरहरुमा जमेको पानीमा एडिज जातको लामखुट्टे हुर्कन्छ । पछिल्लो एक बर्षयता मोरङमा डेङगोको संक्रमण फेला परेको छैन । तर झापाको दमकमा संक्रमण देखिन थालेपछि जोखिम बढेको यादवको भनाई छ । उनका अनुसार राजमार्गस“ग जोडिएका सहरहरुमा जोखिम भएकाले सचेत रहनु पर्छ ।

डेङगु एक भाइरसबाट लाग्ने संक्रमण हो, जुन एडिज नामको लामखुट्टेको टोकाइबाट सर्छ । विभिन्न प्रकारका एडिजमध्ये एडिज एलवोपिक्टस र एडिज एजेप्टी मुख्य हुन डेङगु सार्ने । डेङ्गु भाइरस चार प्रकारका हुन्छ । सबै नेपालमा पाइन्छ । यो लामखुट्टेले दिउसो मात्र टोक्ने स्वास्थ्यकर्मीहरु बताउछन् । डेङगोबाट बच्न सरसफाईमा ध्यान दिने, शरिर ढाक्ने कपडा लगाउनु पर्ने यादवको सल्लाह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर