पूर्वाञ्चल खबर
सुनसरी / सुनसरीको दुहबी नगरपालिका ८ स्थित पशुपति सिलप्याक ईन्टरप्राईजेज सोनापुरको फ्याक्ट्रीमा काम गर्ने क्रममा लडेर एक जना कामदारको मृत्यु भएको छ ।
मृत्यु हनेमा भारत फारविसगंजका ३५ वर्षिय महेन्द्र सिंह रहेका छन् । सिंह शुक्रबार दिउँसो १ बजेको समयमा सोही फ्याक्ट्रीमा काम गर्ने सिलसिलामा १ तला माथिबाट झरेर गम्भिर घाईते भएका थिए । उनलाई उपचारको लागी नोबेल अस्पताल विराटनगर लगिएकोमा आज अपरान्ह ४ बजेको समयमा उपचारको क्रममा सिंहको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।