पूर्वाञ्चल खबर
विराटनगर / नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाको ९६ औ जन्मजयन्तीका अवसरमा जी.पी कोइराला फाउन्डेशन मोरङ शाखाले विराटनगरमा दीप प्रज्वलन गरेको छ ।

नेपाली राजनीतिका युगपुरुष एवं शान्ति संझौता प्रक्रियाका मूख्य ब्यक्ति गिरिजाप्रसाद कोइरालालाई स्मरण गर्दै फाउन्डेशनले बरगाच्छी चोकमा दीप प्रज्वलन गरेको फाउन्डेसन मोरङका अध्यक्ष कौशल निरौलाले जानकारी दिए ।
दीप प्रज्वलन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डां. शेखर कोइरालाले गिरिजाप्रसाद कोइरालाले गरेका योगदानका विषयमा चर्चा गरेका थिए । गिरिजा बावुले गर्नु भएको राजनैतिक त्याग र अठोटवाट आएको परिवर्तनलाई संस्थागत गर्दे जनअपेक्षा अनुरुप काम गर्नु पर्नेमा कोइरालाले जोड दिए । गिरिजावावुले गर्नुभएको योगदानलाई नयाँ पुस्ताले संरक्षण गर्दे जानुपर्ने बताए ।
कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुली,नेपाली कांग्रेसका सचिव मोदराज घिमिरेलगायत उल्लेख्य मात्रामा कांग्रेस कार्यकर्ता तथा शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।