पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर–९ मा रहेको एरागन होटेल स्कूलमा एडीएचएममा अध्ययनरत विद्यार्थीले फुट टेस्ट कार्यक्रम गरेका थिए ।

स्कूलमा एडीएचएममा अध्ययनरत विद्यार्थीले विभिन्न प्रकारका खानाको परिकार बनाएर सहभागिलाई फुट टेस्ट गराएको स्कूलका सञचालक विवेक आचार्यले बताए । ४७ जना विद्यार्थी एडीएचएममा अध्ययनरत रहेको सञ्चालक आचार्यले बताए ।
१५ महिनाको कोर्ष रहेको एडीएचएम अध्ययन गर्ने विद्यार्थीलाई स्वदेश तथा विदेशमा रहेको पाँच तारे होटल १ वर्ष जागिर इन्टरसिप हुने सञ्चालक आचार्यले बताए ।