AArya
RUMPUM
animated ellipse animated ellipse

सुब्बा महाप्रवन्धकमा नियुक्त

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० असार २०७६, शुक्रबार १६:०१
3
Shares

विराटनगर / नेपालको सहकारी अभियानको सर्वोच्च निकाय राष्ट्रिय सहकारी महासंघको महाप्रवन्धकमा चित्राकुमारी थामसुहाङ सुब्बा नियुक्त भएकी छिनर ।

राष्ट्रिय सहकारी महासंघ नेपालको विहिवार काठमाण्डौंमा सम्पन्न संचालक समितिको बैठकले उनलाई महाप्रवन्धकमा नियुक्त गरेको हो । सुब्बालाई महाप्रवन्धकमा नियुक्ती गरियोस भनि महासंघका संचालक रमेशप्रसाद पोखरेलको संयोजकत्वमा गठित पदपूर्ति समितिले सिफारिस गरेको थियो । समितिमा संचालकद्धय खेम पाठक र माधव दुलाल सदस्य रहका थिए । महासंघको महाप्रवन्धक बन्ने सुब्बा पहिलो महिला भएकी छिन् । उनी २ दशकभन्दा बढी समय देखि सहकारी अभियानमा सक्रिय रहदै आएकी छिन् ।

नियुक्तिको निर्णय लगतै उनलाई महासंघका अध्यक्ष केशवप्रसाद बडाल, बरिष्ठ उपाध्यक्ष मिनराज कडेल, उपाध्यक्ष एवम् अन्तराष्ट्रिय सहकारी महासंघकी संचालक ओमदेवी मल्ललगायतले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर