RUMPUM
animated ellipse animated ellipse

साविक विजेता चिलीलाई पराजित गर्दै पेरु ४४ वर्षपछि कोपा अमेरिका कपको फाइनलमा प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ असार २०७६, बिहीबार ०८:२१
3
Shares

विराटनगर / साविक विजेता चिलीलाई पराजित गर्दै पेरु ४४ वर्षपछि कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । पेरुले उपाधिकालागि ब्राजिलसँग आइतबार प्रतिस्पर्धा गर्ने छ ।

आज विहान भएको अन्तिम सेमीफाइनल खेलमा पेरुले चिलीलाई ३–० को गोल अन्तरले स्तब्ध पादै फाइनलमा आयोज ब्राजिलसँग भेट पक्का गरेको हो ।

पेरुको जितमा इडिसन फोलेस,यसिमार योतुन र पाउलो गुरेरोले १–१ गोल गरे । २१ औं मिनेटमा आन्द्रे क्यरिलो पासलाई एडिसन फ्लोरेसले गोल गरेका थिए । ३८ औं मिनेटमा चिलीका गोलरक्षक अरियासले पोष्ट बाहिर रहेको अवस्थामा क्यारिलोको लामो पासलाई योतुनले पेनाल्टी क्षेत्रको बाहिरबाट गोल गरेका थिए । ९० औृ मिनेटमा चिलीको गोलरक्षक अरियासललाई विट गर्दै गुरेरोले गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर