पूर्वाञ्चल खबर
विराटनगर / पाकिस्तानले इंग्ल्याण्ड तथा वेल्समा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतयोगितामा अफगानिस्तानविरुद्ध रोमाञ्चक जित हात पार्दै सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ ।
शनिबार राती लिड्समा भएको पाकिस्तानले अफगानिस्तानलाई ३ विकेटको रोमाञ्चक जित निकाल्दै सेमिफाइनलसम्म पुग्ने सम्भावना कायमै राखेको हो ।
२ सय २८ रनको सामान्य लक्ष्य पाकिस्तानले दुई बल बाँकी छँदा भेटायो । पाकिस्तानको जितमा इमाद वसिमले सर्वाधिक ४९ रनमा नटआउट रहे । उनी म्यान अफ द म्याच बने । बाबर आजमले ४५ रन बनाउँदा इमाम उल हकले ३६ रन जोडे । अफगानिस्तानका लागि मुजिब उर रहमान र मोहम्मद नबीले २–२ विकेट तथा राशिद खानले १ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २७ रन बनाएको थियो । असगर अफगान र नजिबउल्लाहले समान ४२–४२ रन बनाए । पाकिस्तानकालागि शाहिन आफरीदीले ४ विकेट लिँदा इमाद वासिम र वाह रियाजले २–२ विकेट दिए । आठ खेलमा पाकिस्तान चार जित, तीन हार र एक बराबरीसहित नौ अंकका साथ चौथो स्थानमा उक्लिएको छ भने अफगानिस्तान लगातार आठौं हार व्यर्होदै पुछारमा रहेको छ ,