RUMPUM
animated ellipse animated ellipse

राष्ट्रपति रनिङ शिल्ड सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ असार २०७६, बिहीबार २२:२८
3
Shares

विराटनगर / ११ औं राष्ट्रपति रनिङ शिल्ड तथा माध्यमिक विद्यालय स्तरीय खेलकुद प्रतियोगिता आजदेखि विराटनगरमा सुरु भएको छ ।

प्रतियोगिताअन्तर्गत आज भएको एथलेटिक्सतर्फ १ सय मिटर, १५ सय मिटर, लङजम्प र सटपुटका खेल सम्पन्न भएका छन् भने अन्य खेल जारी रहेको छ ।

१ सय मटिर दौड छात्रतर्फ आदर्श माविका पञ्चलाल लुनिया प्रथम, युनिक एकेडेमी स्कूलका सागर माझी दोस्रो र राधिका माविका भुवन मोते तेस्रो भए छात्रातर्फ मछिन्द्र माविकी सञ्जुमाया तामाङ प्रथम, राधिका माविकी मुना चौलागाईं दोस्रो र बुद्ध इंलिस स्कूलकी करुणा चौधरी तेस्रो भइन् ।

त्यस्तै १५ सय मिटर दौड छात्रतर्फ सरस्वती माविका प्रदीप देउजा प्रथम, जनता माविका मनोज खत्री द्वितीय र महेन्द्र माविका लोकेन्द्र लिम्बू तृतीय भएभने छात्रातर्फ लक्ष्मी माविकी संगीता तामाङ प्रथम, निलगिरी बालबालिका स्कूलकी खुश्बु मरंडी द्वितीय र सरस्वती माविकी आँचल मुर्मु तृतीय भइन् ।

त्यसैगरी लङजम्प छात्रतर्फ बालसदन एकेडेमीका अब्रहम प्रधान प्रथम, राधिका माविका भुवन मोते द्वितीय र दुर्गा माविका दाउद सोरेन तृतीय भए भने छात्रातर्फ लक्ष्मी माविकी सम्झना मगर प्रथम, इष्टर्नभ्यू बोर्डिङ स्कूलकी तुलसा विष्ट द्वितीय र मछिन्द्र माविकी सञ्जुमाया तामाङ तृतीय भइन् । त्यसगरी सटपुट छात्रतर्फ सत्यनारायण माविका आशिष राजवंशी प्रथम, राधिका माविका राजकुमार राई द्वितीय र जनक इंलिस स्कूलका प्रज्वल खाँ तृतीय भए भने छात्रातर्फ बालप्रतिभा स्कूलकी वर्षा खरेल प्रथम, राधिका माविकी निन्मा राई द्वितीय र राइजिङ बोर्डिङ स्कूलकी सिर्जना राजवंशी तृतीय भइन् ।

जिल्लाको १७ वटा स्थानीय तहका विभिन्न निजी तथा सामुदायिक विद्यालयका १२ सय विद्यार्थीको सहभागिता रहेको छ । प्रतियोगिता शनिबारसम्म सञ्चालन हुने छ । कबडी, भलिबल, कराते, तेक्वान्दो, उसु र एथलेटिक्सका खेल हुने छ । मोरङ जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको जिल्लास्तरीय प्रतियोगिताको उद्घाटन प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर