RUMPUM
animated ellipse animated ellipse

पाकिस्तानसँग हारेसँगै दक्षिण अफ्रिकाको विश्वकप यात्रा समाप्त

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ असार २०७६, सोमबार ०६:०३
3
Shares

विराटनगर । इंग्ल्याण्ड तथा वेल्समा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतयोगितामा पाकिस्तानले दक्षिण अफ्रिकालाई पराजित गर्दै विश्वकपको सेमीफाइनलमा पुग्ने आशा जिवितै राखेको छ ।

लर्डस क्रिकेट मैदानमा भएको खेलमा पाकिस्तानलले दक्षिण अफ्रिकालाई ४९ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हासिल गरेको छ । जितसँगै पाकिस्तान ६ खेलबाट ५ अंकसहित अंकतालिकाको सातौँ स्थानमा उक्लिएको छ भने पराजित दक्षिण अफ्रिका विश्वकपबाट बाहिरिएको छ ।

पाकिस्तानले दिएको ३ सय ९ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै मात्र २ सय ५९ रन बनायो । दक्षिण अफ्रिकाका लागि कप्तान फाफ डु प्लेसिसले ६३ रन बनाउँदा क्विन्टन डि कोक ४७ रन , एण्डिले फेह्लुक्वायो ४६ रन , रस्सी भान डर डसेन ३६ रन , डेविड मिलर ३१रन र क्रिस मोरिसले १६ रन जोडे । पाकिस्तानका लागि वाहव रिज र शहाव खानले समान ३–३ विकेट लिँदा मोहम्मद आमिरले २ विकेट र शाहीन अफरीदीले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ८ रन बनाएको थियो । पाकिस्तानका लागि विश्वकपमा पहिलो पटक मौका पाएका हरिस सोहेलले ८९ रन जोडदा बाबर आजमले ६९ रन, फखर जमान र इमाम उल–हकले ४४–४४ रन जोड्न सफल भए ।

दक्षिण अफ्रिकाका लागि लुङ्गी एन्गिडीले ३ विकेट लिँदा इमरान ताहिरले २ विकेट तथा एण्डिले फेह्लुक्वाया र एडन मार्करम १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर