RUMPUM
animated ellipse animated ellipse

अनलाईन मिडिया विश्वसनीय हुनुपर्छ : मन्त्री घिमिरे

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ असार २०७६, आईतवार १७:०५
3
Shares

विराटनगर / अनलाईन मिडियाले गुणस्तरीय एवम् विश्वसनीय समाचार सम्प्रेषण गर्नु पर्ने प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताएका छन् ।

आज विराटनगरमा अनलाईन मिडिया समूह प्रदेश नं १ ले आयोजित ‘संङघीय, प्रदेश र स्थानीय तहको विकास समृद्धमा छिटो सूचनाको लागि अनलाईन मिडियाहरुको भूमिका’ विषयक अन्तरक्रियामा मन्त्री घिमिरेले अनलाईन मिडिया व्यवसायिक पत्रकारिता केन्द्रित हुनु पर्नेमा जोए ।

प्रदेश सरकार पत्रकारिताको क्षमता वृद्धिका लागि , विज्ञापन, तालीम, गुणस्तर विस्तारमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै मन्त्री घिमिरेले आगामी १० वर्ष भित्र प्रदेशभित्र सवै सामूदायिक विद्यालयहरुवाट झोला, किताव विस्थापित गर्ने जानकारी दिए ।

नेपाल पत्रकार महासंघ प्रदेश महासचिव विवेक गौतमले अनलाईन मिडियालाई सरकारले कानून निर्माण गरी अनुगमन गर्नु पर्नेमा जोड दिए ।

समूहका संयोजक तेजेन्द्रवहादुर भण्डारी, नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष बन्धु पोखरेल,उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे र मोरङ व्यापार संघका कार्यवाहक अध्यक्ष नविन रिजालले अनलाईनको भविष्य उज्वल रहेको र यसले सामाजिक दायित्व निर्वाह गर्नुपर्नेमा जाए ।

कार्यक्रममा सहभागी अनलाईन सञ्चारकर्मीहरुले प्रदेश सरकारले दर्ता भएका अनलाईन मिडियालाई सहयोग प्रदान गर्नुपर्ने माग गरेका छन् ।

मोरङ व्यापार संघ र उद्योग संगठनले संयुक्त रुपमा समूहलाई २५ सहयोग प्रदान घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर