RUMPUM
animated ellipse animated ellipse

यूवाहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ असार २०७६, शनिबार २१:१२
3
Shares

विराटनगर / यूवाहरुको क्षमता अभिवृद्धि गर्न दुई दिने अभिमुखिकरण तालिम विराटनगरमा सम्पन्न भएको छ ।

आज सम्पन्न तालिममा विराटनगर महानगरका १ सय यूवाहरुको सहभागीता रहेको थियो ।

अभिमुखिकरणमा वडाको विकास निर्माणमा यूवाहरुको सकृय सहभागिता, यूवाहरुको सवाल, नीति निर्माणमा यूवाहरुको भुमिका, समुदायमा यूवा परिचालन र निर्णय प्रकृयामा यूवाहरुको उपस्थिती जस्ता विषयहरुमा छलफल भएको थियो ।

कार्यक्रममा सहभागीहरुले यूवामैत्री महानगर बनाउने विषयमा मेयर भिम पराजुलीसंग छलफल पनि गरेका छन् । कार्यक्रममा यूवा अभियान्ताहरु अपार पौडेल, सविन दाहाललगायतले सहजिकरण गरेका थिए ।

तालिमको विषयमा प्रकास पार्दै आयोजक संस्था हामी युूवाकी अध्यक्ष जीना कार्कीले परिवर्तनका संवाहक यूवाहरु भएकाले हरेक निर्णय प्रकृयामा यूवाहरुको सहभागीता आवश्यक रहेको बताइन् । उनले यसै विषयमा यूवाहरुलाई जानकारी दिन तालिमको आयोजना गरिएको जानकारी दिइन् ।

हामी यूवाको आयोजनामा शुक्रबारबाट सुरु भएको तालिमलाई विराटनगर महानगरले सहयोग गरेको थियो । यसैबीच सोही कार्यक्रममा महानगर यूवा परिषदको समेत गठन गरिएको छ । प्रत्येक वडाबाट छनौट भएर आएका र निर्वाचनबाट चुनिएका गरि ३० सदसिय परिषद गठन गरिएको हामी यूवाका महासचिव अभिषेक भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर