RUMPUM
animated ellipse animated ellipse

प्रदेश स्तरीय मेयरकप क्रिकेटको उपाधि मोरङलाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ असार २०७६, शुक्रबार २०:०३
3
Shares

सुनसरी/ सुनसरीको ईटहरीमा सम्पन्न प्रदेश एक स्तरीय मेयरकप क्रिकेट प्रतियोगीताको उपाधि मोरङले जितेको छ ।

जितसंगै मोरङले नगद एक लाख पुरस्कार सहित उपाधि हात पारेको छ । आज इटहरी स्थित क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा झापालाई ४८ रनले पराजीत गर्दै मोरङले मेयरकप क्रिकेटको उपाधि कब्जा गरेको हो । उपविजेता बनेको झापाले ५० हजारमा चिक्त बुझाएको छ । टस जितेर पहिले ब्याटीङ गरेको मोरङले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १ सय ७७ रनको योगफल खडा गरेको थियो ।

१ सय ७८ रनको लक्ष्यका साथ जवाफी ब्याटीङ गरेको झापा १४ दशमलव ४ बलमा १० विकेट गुमाएर ८३ रनमा समेटीएको थियो । खेलको बेस्ट ब्याटसम्यान झापाका अंकीत सुवेदी, बेस्ट बलर सुनसरीका सोनु मण्डल र खेलको म्यान अफद सिरीज मोरङका सौगात भट्टराई घोषीत भए । विजेता तथा उपबिजेता खेलाडीलाइ सुनसरी जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष अनुरोध थापा, अन्तराष्ट्रिय एम्पायर बुद्धीबहादुर प्रधान, शिरिस उपाध्यायलगायतले पुरस्कार वितरण गरे । एक नम्बर प्रदेश सामाजिक बिकास मन्त्रालयको आयोजना तथा पूर्वाचल खेलकुद बिकास समितीको ब्यवस्थापनमा सम्पन्न प्रतियोगितामा ६ टिम सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर