RUMPUM
animated ellipse animated ellipse

कोपा अमेरिका कपमा जापानमाथि साबिक विजेता चिलीको शानदार जित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ असार २०७६, मंगलवार ०८:५७
3
Shares

विराटनगर / साबिक विजेता चिलीले कोपा अमेरिकामा सानदार सुरुवात गरेको छ ।

ब्राजिलमा जारी समूह चरणको आफ्नो पहिलो खेलमा आज बिहान पाहुना टोली जापानलाई ४–० गोल अन्तरले पराजित गर्दै चिलीले सानदार सुरुवात गरेको हो ।
चिलीको जितमा इडुआर्डो भर्गासले २ गोल, इरिक पुलगर र एलेक्सिस सान्चेजले समान १–१ गोल गरे ।

खेलको ४१ मिनेटमा इरिक पल्गरले गोल गरेर चिलीलाई अग्रता दिलाए । पहिलो हाफमा १ गोल गरेको चिलीले दोस्रो हाफमा ३ गोल थप्यो । खेलको ४१ औं मिनेटमा पुलगरले गोल गर्दै चिलीलाई पहिलो हाफसम्म १–० गोलको अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलले पछि परेको जापानले दोस्रो हाफमा झनै खराब प्रदर्शन र्गयो । भर्गासले खेलको ५४औं मिनेटमा गोल गर्दै २–० गोलको अग्रता दिलाए । त्यसपछि खेलको ८२ औं मिनेटमा सान्चेजले गोल गर्दै चिलीलाई ३–० गोलको अग्रता दिलाए । भर्गासले त्यसको एक मिनेटपछि नै अर्थात खेलको ८३औं मिनेटमा अर्को गोल गर्दै ४–० गोलको जित हात पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर