RUMPUM
animated ellipse animated ellipse

ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ असार २०७६, सोमबार ०८:३४
3
Shares

रंगेली / मोरङको सुनवर्षी नगरपालिका ९ भेडुवाथानमा ट्याक्टरको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ ।

रंगेली डाईनिया सडक खण्डमा आइतबार राती पौने १० बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को ५ प ११७८ नम्बरको मोटरसाईकललाई सोही दिशातर्फ आउँदै गरेको को २ त २३२० नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकल चालक भोजपुर घर भई हाल सुनवर्षी नगरपालिका ४ अमरदह बस्ने ४५ वर्षिय दिलिपकुमार बिक गम्भीर घाइते भई उपचारको लागि रंगेली अस्पताल पठाएकोमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

ठक्कर दिने ट्याक्टरलाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने ट्याक्टरका चालक फरार रहेकोले खोजीकार्य भईरहेको छ । मृतकको शव रंगेली अस्पतालमा राखिएको रंगेली प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर