AArya
RUMPUM
animated ellipse animated ellipse

पाएको पुरस्कार विद्यार्थीको पोशाकमा खर्च

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३२ जेष्ठ २०७६, शनिबार १९:२३
3
Shares

विराटनगर / सहयोगी मनका उदाहरण बनेका छन् । विराटनगका पत्रकार शंकर खरेल । सधै समाचार संकलन र सम्प्रेषणको जिम्मेवारी निर्वाह गरिरहेका विराटनगरवाट प्रकाशित हुने न्यू सृष्टि दैनिकका प्रकाशक÷प्रधान सम्पादक खरेललाई कदर गर्दै मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, दाहाल प्रतिष्ठानलगायतबाट पुरस्कृत गरिएको थियो ।

पुरस्कारवाट प्राप्त ६० हजार पत्रकार खरेलले व्यक्तिगत खर्च नगरी सार्वजनिक हितमा खर्च गर्ने निधो गरेपछि परोपकार आधारभूत विद्यालय–१ का ४० र सार्वजनिक माध्यमिक विद्यालयका ३ गरी जम्मा ४३ जना छात्रछात्रालाई विद्यालय पोशाक आज एक समारोहबीच वितरण गरियो ।

विराटनर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरक्षेत्रका सामुदायिक विद्यालय सुधारकालागि ऐन वनाई कार्य गर्ने बताए । त्रिवेणी बचत तथा ऋण सहकारी लि र न्यू सृष्टि दैनिकद्धारा आयोजित विद्यार्थीलाीई पोशाक वितरण गर्दै पराजुलीले विद्यालय सुधारमा टुलुटुलु हेरेर नबस्ने भन्दै आगामी निर्वाचन पराजित भएपनि यो कार्य गर्न पछि नहट्ने विचार व्यक्त गरे ।

उनले आगामी वर्ष नगरका क्षेत्रका १० वटा सामुदायिक विद्यालयलाई नमूना वनाउने र यसका लागि रु ५० लाख वजेट छुट्याएको जानकारी दिए । नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष विक्रम लुईटेलले राज्यको सोच सामुदायिक विद्यालयलाई आगाडि बढाउनु रहेको बताउँदै यस्तो सामाजिक कार्यवाट पत्रकारलाई हेर्ने देष्टिकोणमा परिवर्तन आउने टिप्पणी गरे । ।

न्यू सृष्टिका प्रधान सम्पादक शंकर खरेलले आफुले प्राप्त गर्ने पुरस्कारको राशी आगामी दिनमा पनि यसरी शिक्षा तथा सामाजिक क्षेत्रमा कार्य वितरण विद्यार्थीले यसबाट उत्साह र ऊर्जा प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

त्रिवेणी वचतका अध्यक्ष गणेशप्रसाद उप्रेती,मोरङ व्यापार संघका नव निर्वाचित अध्यक्ष प्रकाश मून्दडा, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे र वडा नं १ का वडाध्यक्ष उद्धव अर्यालले परोपकार विद्यालयमा पुस्तकालय, दिवा खाजा आदिका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा दाहाल प्रतिष्ठानका अध्यक्ष शालिग्राम दाहाल, नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष सुशीला पाठक, रेडियो स्टारका अध्यक्ष शेखर रेग्मीलगायतले पोशाक हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर