पूर्वाञ्चल खबर
विराटनगर /नेपाल कम्युनिस्ट पार्टीका (विप्लव)का यूवा संगठनका तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको विरोधमा भोली सोमबार नेपाल बन्दको घोषणा गरेको छ ।
घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेपछि गत बुधबार एक विज्ञप्तिमार्फत जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको थियो ।
सांगठनिक कामको सिलसिलामा गत मंगलबार भोजपुर र खोटाङको सीमानामा पर्ने मैयुमको धोत्रेमा यूवा संगठनका घिमिरेलाई केपी ओली सरकारको ठाडो आदेशमा सुरक्षा फौजले गिरफ्तार गरी दोहोरो भीडन्तको नाममा हत्या गरेकोप्रति नेकपाले विज्ञप्ति मार्फत घोर आपत्ति जनाएको छ ।
नेकपाले हत्या जस्तो निकृष्ट हर्कतको सबै मानवअधिकार कर्मी, नागरिक समाज, पत्रकारले डटेर विरोध गर्नुका साथै घिमिरेको हत्या घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न विज्ञप्तिमार्फत माग पनि गरेको छ ।
महासचिव महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सरकारले चलाएको हत्या हिंसाका विरुद्ध पार्टीले प्रतिरोध गर्नुको विकल्प नरहेको अवस्थामा तत्कालका लागि आम हडतालसहितको संघर्षका कार्यक्रम घोषणा गरिएको जनाएका छन् ।
आम हडतालमा उद्योग व्यावसायी, यातायात कर्मी, शिक्षण संस्थानलगायतका सबैले सहयोग र ऐक्यबद्धता जाहेर गर्नुका साथै सहयोग र समर्थन गर्न नेकपाले अपिलसमेत विज्ञप्ति भनिएको छ ।
षडानन्द नगरपालिका २ का घिमिरेलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको जनाएको थियो । प्रहरीको गोली लागेर घाइते घिमिरेको मंगलबार उपचारको क्रममा मृत्यू भएको थियो ।