पूर्वाञ्चल खबर
पुष्पराज थपलिया
विराटनगर / उच्च शिक्षालय तथा माध्यामिक विद्यालय(हिसान) मोरङको अध्यक्षमा विराटनगर अरनिको कलेजका प्रिन्सिपल राजेशकुमार कार्की निर्विरोध निर्वाचित भएका छन् ।
आज विराटनगरमा भएको हिसानकोे चौथों महाधिवेशनले राजेश कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिती निर्वाचित भएको हो । नेतृत्वका लागि कार्कीसँगै निहारिका कलेजका क्याम्पस प्रमुख अमित ढकाल र मेसरल्याण्ड कलेजका संसथापक मनोज गुप्ताले उम्मेदवारी दिने बताएका थिए ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अमित ढकाल निर्वाचित भएका छन् भने उपाध्यक्षद्वयमा उद्धव भट्टराई र टिएन तिम्सीना, सचिवमा दिनेश दाहाल, सह–सचिवमा आरसी कोईराला, कोषाध्यक्षमा भेषराज नेपाल(भुवन) र सह–कोषाध्यक्षमा सुर्यनारायण मेहता निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यमा मनिष सोनी, दिपेन भट्टराई, पून्यप्रसाद लिङदेन, सकलदेव साह र सरोज भट्टराई निर्विरोध निर्वाचित भएका छन् । हिसान मोरङमा ३१ वटा उच्च माविहरू आवद्ध छन् ।