पूर्वाञ्चल खबर
विराटनगरग / विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कूलमा क्याप्टेन र मनिटर छनौट गर्न विद्यार्थीहरूले मतदान गरेका छन् । आफ्नो रोजाइ अनुसारको स्कूल मनिटर र क्याप्टेन छनौट गर्न बुधबार स्कूल परिसरमा मतदान गरेका हुन् ।
स्कूल क्याप्टेन र मनिटर छनौट गर्न कक्षा ६ देखि १० सम्मका २ सय ५० भन्दा बढी विद्यार्थीहरूले मतदान गरेका थिए । उनीहरूले स्कूल क्याप्टेन, भाइस क्याप्टेन र अतिरिक्क्त क्रियाकलापको मनिटर छनौट गर्न मतदान गरेका थिए । मनिटरको नतिजा शुक्रबार आउने स्कूलले जनाएको छ । मनिटरको लागि १८ जना उम्मेदवारी रहेको छन् । कक्षागत रुपमा लामबद्ध भएका विद्यार्थीहरुले आ–आफ्ना उम्मेदवारहरुलाई गोप्य मतदान गरेका थिए । निर्वाचित हुने उम्मेदवारले सपथग्रहणपछि आफ्नो कार्यकाल शुरु गर्नेछन् ।
विद्यार्थीबाट विद्यार्थीलाई नै अनुशासन र संस्कार सिकाउन समेत सघाउ पु¥याउने मतदानबाट स्कूलका क्याप्टेन र मनिटर छनौट गरिएको स्कूललका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए ।