RUMPUM
animated ellipse animated ellipse

विराटनगरलाई स्थायी राजधानी बनाउँने आश्वासनपछि विराटनगर बन्द फिर्ता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ बैशाख २०७६, सोमबार १६:१५
3
Shares

विराटनगर / पूर्ण रुपले विराटनगरलाई प्रदेशको राजधानी तोक्नुपर्ने माग गर्दै गरिएको अनिश्चिनकालिन विराटनगर आम हड्तालले फिर्ता भएको छ ।

प्रदेश राजधानी विकेन्द्रित गर्ने गरी प्रदेशसभामा प्रस्ताव दर्ता भएको विरोधमा आह्वान गरिएको विराटनगर बन्द राजधानीका लागि आन्दोलनरत पक्ष र प्रदेश १ का  मुख्यमन्त्रीबीच विराटनगरलाई नै स्थायी राजधानी बनाउने सहमति भएपछि बन्द फिर्ता भएको हो ।

आज दिउँसो भएको सर्वपक्षीय वार्तामा मुख्यमन्त्री राईले राजधानी विराटनगरमा नै रहने र कार्यपालिका र व्यवस्थापिकाको संरचना पनि विराटनगर भन्दा बाहिर नलैजाने प्रतिवद्धता जनाएपछि बन्द फिर्ता भएको छ । वार्तामा प्रदेश राजधानी विराटनगरमा नै रहने र व्यवस्थापिका र कार्यपालिकाका संरचना पनि विराटनगर भन्दा बाहिर नलैजाने मुख्यमन्त्री र प्रदेश सांसदहरुको प्रतिवद्धतापछि आज दिउँसो ४ बजेपछि बन्द फिर्ता गर्ने सहमति भएको जानकारी दिए ।

आइतबार नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलले प्रदेश १ को राजधानी विराटनगरमा राख्ने निर्णय गर्दै कार्यपालिका र व्यवस्थापिकाको संरचना विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपासको क्षेत्रमा संरचना निर्माण गर्ने निर्णय गरेको थियो ।
बन्दका कारण लामा तथा छोटा दुरीका यातायात, स्कूल ,कलेज, बजार सबै विहानदेखि बन्द ठप्प रहेका थिए भने विराटनगरको जनजीवन प्रभाबित बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर