पूर्वाञ्चल खबर
विराटनगर / मोरङको सुन्दर-हरैँचा नगरपालिका-८ सलकपुरमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमतर्फ जाँदै गरेको को १ ख २१४२ नम्बरको बसले बिपरित दिशातर्फ आउँदै गरेको मे १० प ६२११ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाईकलमा सवार झापा मेचीनगर नगरपालिका २ का २६ वर्षिय जीवन राई गम्भीर घाइते भई उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।बस, बस चालक र मोटरसाईकललाई प्रहरी चौकी गछियाको नियन्त्रणमा राखिएको छ ।