RUMPUM
animated ellipse animated ellipse

सुनसरी र झापाबाट लागूऔषध सहित २ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० बैशाख २०७६, शुक्रबार ०७:४८
3
Shares

विराटनगर / सुनसरी र झापाबाट लागूऔषध सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

सुनसरीको बराह नगरपालिका १० प्रकाशपुरबाट प्रहरीले लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ। प्रतिबन्धित लागूऔषध २० बोतल डाईलेक्स डिसीसहित सुनसरी हरीनगरा गाउँपालिका ६ घुस्की का ४८ वर्षिय काँसिद अन्सारीलाई पक्राउ गरेको हो । भोक्राहाबाट राजाबास आउँदै गरेको सिटी सफारीमा सवार रहेका अन्सारीलाई चेकजाँच गर्ने क्रममा बोरा भित्र लुकाई छिपाई लुकाई राखेको उक्त लागूऔषध फेला पारेको थियो ।

अन्सारीलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखि थप अनुसन्धान भईरहेको सुनसर िप्रहरीले जनाएको छ ।

त्यसैगरी झापाको कमल गाउँपालिका २ सुकुम्वासी टोलबाट प्रहरीले लागूऔषध सहित सोही ठाउँ बस्ने ३० वर्षिय संजिव राईलाईलाई पक्राउ गरेको छ । राईलाई प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको लागूऔषध डाईजेपाम ८ पिस, लुपिजेसिक ७ पिस, फेनारागन ८ पिस फेला पारेको हो ।

पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय दमकमा राखि थप अनुसन्धा भरहेको झापा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर