RUMPUM
animated ellipse animated ellipse

स्पष्ट कानुनको अभावमा व्यक्तिगत घटना दर्तामा समस्या

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ बैशाख २०७६, बिहीबार २१:२८
3
Shares

विराटनगर/ आवश्यक र स्पष्ट कानुनको अभावमा व्यक्तिगत घटना दर्तालाई विश्वसनीय, भरपर्दो, किटान योग्य र पूर्ण कानुनी मान्यता प्राप्त बनाउन असहज रहेको जनप्रतिनिधिहरुले बताएका छन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग काठमाण्डौद्धारा ब्यक्तिगत घटना दर्ताका विषयमा जानकारी दिने उदेश्ले विराटनगर आयोजित कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्डका वडाध्यक्ष र सचिवहरुको सहभागीता रहेको थियो । उनीहरुले ब्यक्तिगत घटना दर्ताका लागि अनेकौ चुनौती रहेको बताए । टेस्टट्युब बेवी ,अनैतिक सम्वन्धवाट जन्मेका बालवालिका ,नेपालमा आएर बच्चा जन्माउने क्रम , नेपाली आमा तर भातीय नागरिकले विवाह गरी छोडिएका महिलाबाट जन्मिएका सन्तानलगायतका धेरैलाई कसरी सम्वोधन गर्ने भन्ने विषयमा समस्या रहेको बताएका थिए ।

कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक युवराज कट्टेलले नागरिक पन्जीकरणलाई सार्वजनिक सेवा प्रवाह तथा नागरिकता एवम राष्ट्रिय परिचय पत्र प्राप्तिको प्रमुख र प्राथमिक कानुनी प्रमाणको रूपमा विकास गर्नु वर्तमान समयको आवश्यकता रहेको बताए । उनले स्थानीय तहले दिनु पर्ने सेवाका विषयमा जानकारी गराएका थिए ।

विराटनगर महानगरका मेयर भीम पराजुलीले सेवाग्राही जनताको आवश्यकता र कानुनमा रही सेवा प्रबाह गर्न आग्रह गरे । व्यक्तिगत घटना दर्तालाई विश्वसनीय, भरपर्दो, किटान योग्य र पूर्ण कानुनी मान्यता प्राप्त बनाउने काममा वडा अध्यक्ष र वडा सचिवले ध्यान दिन आबश्यक रहेको औल्याए । नवुझेका कुरा कानुनत अध्ययन गरी सेवाग्राहीले दुख नपाउने गरी काम गर्न वडा सचिवहरुलाई पराजुलीले निर्देशन समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर