RUMPUM
animated ellipse animated ellipse

पुलिस मेची नेत्रालय मेचीनगर गोल्डकपका अन्तीम चारमा प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ बैशाख २०७६, सोमबार १८:३५
3
Shares

काँकडभिट्टा / नेपाल पुलिस क्लबले काँकडभिट्टामा जारी मेची नेत्रालय मेचीनगर गोल्डकपका अन्तीम चारमा प्रवेश गरेको छ । पुलीसले आज भएको खेलमा पाहुना टोली भुटानको पारो एफसीलाई ३–० को अन्तरले पराजित गर्दै सेमीफाइनलमा संकटा क्लबसँग भेट पक्का गरेको हो ।

पहिलो हाफको अन्त्यतिर कप्तान भरत शाहको गोल मार्फत पुलिसले अग्रता लिएको थियो । तेज तामाङको फ्रि किकलाई मानबहादुर परियारले मिलाई दिएको पासलाई कन्ट्रोल गर्दै साहले गरेको प्रहारले जाली चुमेको थियो । ५६ औं मिनेटमा सुमन लामाको पासमा रबी पासवानले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसको दुई मिनेट बित्न नपाउँदै पासवानले टीमको लागि अर्काे गोल गरेपछि पुलिसको जित सुनिश्चित भएको थियो ।

१८ औं मिनेटमा भरत साहको प्रहार भुटानका गोलरक्षक शेरब ग्याल्सेनले बचाए । ३० औं मिनेटमा निरकुमार राईको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । ३५ औ मिनेटमा आशिष गुरुङको हेडर बारमा लागेर फर्कियो ।

३३ औ मिनेटमा भुटानका करण राईको प्रहार पुलिसका गोलरक्षक शत्रुघन चौधरीले बचाए । ४६ औ मिनेटमा दिवस सुब्बाको कडा प्रहार गोलरक्षक चौधरीले पञ्च गरेर फर्काए । ४९ औ मिनेटमा भुटानका सेड्रिक अबाले गोल गर्ने अवसर खेर फाले ।

खेलको म्यान अफ द म्याच नेपाल पुलिस क्लबका रवी पासवान भए । उनले नगद ११ हजार रुपैंया पुरस्कार पाए । मंगलबारको खेल रुस्लान थ्रि स्टार क्लब काठमाण्डौ र इलामको माइ भ्याली क्लबबीच हुने आयोजक समितिका उपाध्यक्ष नवराज ओलीले जानकारी दिए ।

जित पछि पत्रकारसँग कुरा गर्दै पुलिसका प्रशिक्षक अनन्तराज थापाले पहिलो पटकको भेटका कारण शुरुमा स्कोर हुन नसकेको बताए । उनले खेलाडीको तालमेलका कारण जित निकाल्न सकिएको बताए ।

यता भुटानका प्रशिक्षक पुष्पलालले कृतिम मैदानमा खेल्ने खेलाडीलाई प्रकृतिक मैदानका कारण खुलेर खेल्न नपाएको टिप्पणी गरे । उनले नियमित खेल्ने ६ जना खेलाडीको अनुपस्थितीमा सोचेअनुकुलको नतिजा निकाल्न नसकिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर