RUMPUM
animated ellipse animated ellipse

फोफोना फोडेको ह्याट्रिकले संकटा मेची नेत्रालय मेचीनगर गोल्डकपको अन्तीम चारमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ बैशाख २०७६, शनिबार १९:५८
3
Shares

काँकडभिट्टा / फोफोना फोडेको ह्याट्रिकले संकटा क्लब काठमाण्डौ चौथो संस्करणको मेची नेत्रालय मेचीनगर गोल्डकपको अन्तीम चारमा प्रवेश गरेको छ ।

काँकडभिट्टामा आज भएको क्वाटरफाइनल खेलमा आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरको चुनौतीलाई ४–१ को फराकिलो गोल अन्तरले पन्छ्याउँदै संकटा अन्तीम चारमा प्रवेश गरेको हो ।

खेलको २२ औं मिनेटमा संकटाका लागि विदेशी खेलाडी फोफोना फोडेले गोल गर्दै टीमलाई अग्रता दिलाए । डि बक्सभित्र पाएको पासलाई काँकडभिट्टाका गोलरक्षक किशोर गिरीलाई बिट गर्दै सुन्दर गोल गरेका थिए । २९ औं मिनेटमा फोडेले नै गोल गर्दै टीमको अग्रता दोब्बर बनाए । अर्का विदेशी खेलाडी इकेन क्रिश्टियनको क्रस पासमा हेड मार्फत गरेको प्रहारले जाली चुमेको थियो ।

खेलको ४४ औं मिनेटमा फोडेले गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । क्रिश्टियनले डि बक्सभित्र गरेको पासमा फोडेले गरेको प्रहार काँकडभिट्टाका गोलरक्षक गिरीको हातमा लाग्दै गोल भएको थियो । ५५ औ मिनेटमा क्रिश्टियनले गोल गरेका थिए । विपक्षी मैदानको मध्यभागमा अनमार्क रहेका क्रिश्टियनले २० यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

काँकडभिट्टाका लागि खेलको ८० औं मिनेटमा बिमल घर्तीमगरले डि बक्स नजिकैबाट गरेको फ्रि किक गोल भएको थियो । निशान्त लिम्बुलाई संकटाका खेलाडीले फल गरेपछि पाएको फ्रि किकलाई विमलले सान्त्वना गोल फर्काएका हुन् ।

खेल अवधिभर काँकडभिट्टाबिरुद्ध हावी भएको संकटाले बिपक्षी पोष्टमा एक दर्जन जति प्रहार गरेको थियो । ९ मिनेटमा संकटाका सुवास गुरुङले वान भर्सेस वान गोल गर्न सकेनन् ।

खेलको ३० औं मिनेटमा काँकडभिट्टाका बिमल घर्तीमगरले बिपक्षी गोलरक्षक बिट भइसकेको अवस्थामा गरेको प्रहार आकासियो । ७४ औ मिनेटमा डि बक्सभित्र अनमार्क रहेका दिलेन लोक्तामले गोल गर्ने अवसर गुमाए ।
खेलको म्यान अफ द म्याच संकटाका फोफोना फोडे भए । उनले नगद ११ हजार रुपैंयाँ पुरस्कार पाए । आइतबारको खेल त्रिभुवन आर्मी क्लब र धरान फुटबल क्लब सुनसरीबीच हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर