AArya
RUMPUM
animated ellipse animated ellipse

‘जनक क्वीज मेनिया’ सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ बैशाख २०७६, सोमबार २०:१४
3
Shares

विराटनगर / ‘जनक क्वीज मेनिया’ प्रतियोगिता सम्पन्न भएको छ । शिरिष एफएमले विराटनगरस्थित गोदावरी रिसोर्टमा उक्त प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा रहेको जनक मेमोरियल बोर्डिङ स्कूलमा अध्ययरत विद्यार्थीहरू विजेता बने । सो प्रतियोगिताको बिजेता मकालु हाउस भयो । त्यस्तै प्रतियोगिताको फस्ट रनरअप अन्नपूर्ण हाउस भयो भने सेकेण्ड रनरअप कन्चनजंगा हाउस घोषित भयो ।

बिद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । कार्यक्रमका स्कूलका सञ्चालक तथा डिग्री क्याम्पस विराटनगरका पूर्व क्याम्पस प्रमुख डा.मनोजकुमार राउत, लियो क्बल विराटनगरका उपाध्यक्ष पेरिस सुवेदी र एफएमका अध्यक्ष निरन्तर कोईराला, विराट क्षितिज कलेजका अध्यक्ष कश्यप राय, प्रिन्सिपल दियोरञ्जन डंगोलको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर