RUMPUM
animated ellipse animated ellipse

३५ हजार घुस सहित वन अधिकृत अन्सारी पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ चैत्र २०७५, शुक्रबार १५:१०
3
Shares

विराटनगर / डिविजन वन कार्यलय मोरङको कार्यालय परिसर विराटनगरमा नगद ३५ हजार घुस सहित एक जना पक्राउ परेका छन् ।

सेवाग्राहीलाई काठ काट्न दिने भनी ३५ हजार घुस लिएका मोरङको केराबारी गाउँपालिकामा रहेको लाटीझोडा साझेदारी वन कार्यालयका कार्यालयका प्रमुख सलाउद्दिन अन्सारी पक्राउ परेका छन् । उनी डिभिजन वन कार्यालय मोरङको परिसरबाट रंगेहात पक्राउ परेका हुन् ।

पटक पटक उपभोक्ता समितिलाई बिभिन्न नाममा रकम लिने गरेको गुनासो आउने गरेको आधारमा अख्तियारको टोलीले पिछा गर्दै अन्सारीलाई डिभिजन वन कार्यालय विराटनगरबाटै नगद सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका डिएसपी डिल्लीनारायण पाण्डेको नेतृत्वमा आएको टोलीलाले पक्राउ गरेको हो ।
अख्तियार इटहरीका प्रवक्ता नरेन्द्र भट्टराईका अनुसार सामुदायिक वन उपभोक्ता समितिलाई वन पैदावार उपलब्ध गराउन सिफारिस गरिदिनका लागि घुस माग गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर