RUMPUM
animated ellipse animated ellipse

रामधुनी नगरपालिका मेयरकप फूटबलको उपाधि नजिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ चैत्र २०७५, बुधबार २१:०६
3
Shares

सुनसरी /रामधुनी नगरपालिका ईटहरीमा जारी मेयरकप खेलकुद प्रतियोगिता अन्तर्गत फूटबलको फाइनलमा प्रवेश गरेको छ ।

आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा रामधुनीले दुहबी नगरपालिकालाइ पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । रामधुनीले अब उपाधिका लागी बिहिबार हुने धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिका बिचको विजेतासँग शुक्रबार फाइनलमा प्रतिष्पर्धा गर्नेछ ।

यसअघि निर्धारित समयमा दुबै टिमबाट दुई–दुई गोल भएपछी खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो । दुहबीका लागी भुवन बस्नेतले खेलको ९ औ र ३२ औ मिनेटमा दुई गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । निर्धारित ७० मिनेटको खेलमा रामधुनीका लागी खेलको ४५ औ मिनेटमा अञ्जन लिम्बुले गोल गर्दै खेललाइ २–१ को अवस्थामा ल्याए । एक गोलले अग्रता कायम गरेको दुहबीले खेलको अन्तिम एक मिनेट सम्हालिन नसक्दा पराजित हुन पुग्यो । रामधुनीको लागी ७० औ मिनेटमा तिर्थ बस्नेतले प्रहार गरेको बल पोलमा लागेर रिबाउण्ड हुदा त्यसलाइ अञ्जन लिम्बुले नै गोलमा परिणत गर्दै आफ्नो गोल संख्या दुइ पुर्याएका थिए । त्यसपछी भएको पेनाल्टीमा रामधुनीको भाग्य खुलेको हो ।

पेनाल्टीमा रामधुनीका अञ्जन लिम्बु, अनिष धामी, अजित चौधरी, र तिर्थ बस्नेतले गोल गरे । दुहबीका मनिष अधिकारीले मात्र गोल गर्दा कोमल खवास र शंकर चौधरीको प्रहार रामधुनीका गोलकिपर अभिषेक खड्काले बचाउ गरेका थिए । बुधबारको खेलको म्यानअफ द म्याच रामधुनीका गोलकिपर अभिषेक खड्का घोषित हुदै नगद २ हजार पाए ।

प्रतियोगिता अन्र्तगत बिहिबार अन्तिम सेमिफाइनल खेल धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाबिच हुने प्रतियोगिता संयोजक केशव कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर