AArya
RUMPUM
animated ellipse animated ellipse

एमाले पत्रकारले एमालेकै समाचार वहिस्कार गर्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ पुष २०७३, सोमबार १५:३६
3
Shares
११ पुस,विराटनगर/  नेकपा एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी मोरङले नेकपा एमालेले आयोजना गर्ने पत्रकार सम्मेलन वहिस्कार गर्ने भएको छ ।
आगमी पुस २५,२६ र २७ गते हुने जिल्ला अधिवेशनमा प्रेस चौतारी आवद्ध भएका संगठित सदस्यहरुको प्रतिनिधित्व सुनिश्चित नगरिएकाले पत्रकार सम्मेलन वहिस्कार गर्ने रणनिति बनाएको हो ।
सोमबार बसेको प्रेस चौतारी बैठकले प्रेस चौतारी पार्टीको भातृ संगठन भएको र अधिवेशनमा सहभागि हुने उसको अधिकार भएको भन्दै पार्टीको निणर्य सच्याउन ७२ अल्टिमेटम दिएको छ । एमाले मोरङको आइतबार विराटनगरमा बसेको बैठकले प्रेस चौतारीलाई प्रतिनिधित्व नदिने निणर्य गरेको थियो । सो निणर्यबाट आक्रोसित भएका प्रेस चौतारीको सोमबार बैठकले पार्टीलाई ध्यानआर्षण गराउने र ७२ घण्टे अल्टिमेटम दिने निणर्य गरेको हो ।
बैठक पछि जिल्ला सचिब ऋिषिकेश पोखरेललाई ध्यानअर्षण पत्र बुझाएको थियो । ध्यानार्षण पत्र बुझाउदै जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीले प्रेस चौतारीलाई पार्टीले अपमान गरेको बताउदै जिल्लाले आयोजना गर्ने पत्रकार सम्मेलनमा सहभागिता नजनाउने बताएका थिए ।
प्रेस चौतारी नेपालका केन्द्रीय लेखा आयोगका अध्यक्ष विक्रम लुईटेलले समाचार बहिस्कार गर्ने लिखित निणर्य नभएपनि बैठकमा सर्वसम्मत रुपमा एमालेले आयोजना गर्ने पत्रकार सम्मेलनमा सहभागिता नजनाउने भद्र सहमति भएको बताए । उनले ७२ घण्टा भित्र हुने पत्रकार सम्मेलनमा आफुहरुको सहभागिता नहुने जानकारी दिए ।
नेकपा एमालेको केन्द्रीय अधिवेशनमा प्रेस चौतारी नेपाललाई प्रतिनिधित्वको लागि पाँच वटा कोटा दिएको थियो । भर्खरै सुनसरी र उदयपुरमा सम्पन्न जिल्ला अधिवेशनमा पनि प्रेस चौतरीलाई कोटा दिएर अधिवेशनमा सहभागि गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर