पूर्वाञ्चल खबर
विराटनगर / सुनसरीको कोशी व्यारेजमा एक महिलाको शव कुहिएको अवस्थामा भेटिएको छ ।
कोशी व्यारेजको ५२ नम्बर ढोकामा सेतो बोरामा बाधेर राखिएको अवस्थामा प्रहरीले आज विहान शव फेला पारेको हो ।
मोरङको बेलबारी नगरपालिका ४ की गत फागुन १७ गते रातीदेखि बेपत्ता २६ बर्षीया रमिला राईको शव हुन सक्ने प्रहरीले जनाएको छ । स्थानीय नेकपाका नेता योगेन्द्र गुरुङले हत्या गरी कोशीमा फालिएको भनिएको शव फेला परेको छ । हत्या भएको २६ दिनपछि सेतो बोरामा हात खुट्टा बाधिएको अवस्थामा राईको शव कोशी ब्यारेजबाट फेला परेको सुनसरी प्रहरीले जनाएको छ ।
गुरुङको बयानको आधारमा सबै मिलेको भएपनि शव हो भन्ने एकिन नभएको प्रहरीले जनाएको छ । राईको सव परिवारलाई देखाए पछि मात्र एकिन गर्न सकिने सुनसरी प्रहरीले जनाएको छ ।
राईको हत्या आरोपमा पक्राउ परेका बेलबारीका योगेन्द्र गुरुङको बयानका आधारमा उनको शव खोजी भईरहेको थियो । गोताखोरको सहयोगमा कोशी व्यारेज वरिपरी व्यापक खोजी भए पनि फेला परेको थिएन । खोजीको क्रममा अन्य दुईवटा बेवारिसे लास फेला परेको थियो ।
स्थानीयले नदिमा बोरा भित्र गहुगो सामानजस्तो देखे पछि प्रहरीलाई खबर गरेका थिए । डुङ्गाको सहयोगमा नदिबाट एक घण्टा समय लगाएर शवलाई किनारामा निकालिएको थियो । बोरा भित्रै हात खुट्टा बाधिएको अवस्थामा शव भेटिएको हो ।
यसरी बेपत्ता भएकी थिइन रमिला
फागुन १७ गते शुक्रबार राती गुरुङसंगै विराटचोकको हावना होटल गएकी राई एकाएक वेपत्ता भए । यसरी रमिला एक्कासी वेपत्ता भएपछि उनको परिवारले योगेन्द्र गुरुङलाई फोन गरि सोध पुछ गरे । गुरुङले उनलाई रातीनै घर सम्म पु¥याई दिएको बताएका थिए ।
रमिला वेपत्ता भएको जाहेरी इलाका प्रहरी कार्यालय बेलबारीमा दिए लगत्तै नजिक जंगल खोलामा प्रहरीले तिब्र रुपमा खोजी गरे । सोही घटना वारे गुरुङले पनि प्रहरीलाई रिर्पोट गरेका थिए । वेपत्ता रमिलाको पत्तो नलागेपछि प्रहरीले भाग्दै गरेका गुरुङलाई इलामबाट फागुन १७ गेत बेलुका नै पक्राउ गरेको थियो । पक्राउ पश्चात गुरुङले हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका थिए । उनले कोशी व्यारेजमा शव फालेको बयान दिएका हुन ।
गुरुङले यूवतीलाई फागुन १७ गते शुक्रबार राति साँढे ११ बजे घरमै छोडिदिएको भनेर दावी गरेपनि सोही दिन रातिका ‘सिसिटिभी फुटेज’ हेर्दा योगेन्द्रले प्रयोग गर्दै आएको गाडी रातको साँढे १२ बजे इटहरी पश्चिम लागेको र शनिबार विहान साँढे ४ बजे गोठगाउँबाट पूर्व लागेको देखिएको प्रहरी बताउँछ । योगेन्द्रले भनेको कुरा र गाडीको अवस्था हेर्दा नमिलेपछि उनीमाथी प्रहरीले विशेष टोली परिचालन गरेको थियो ।
