AArya
RUMPUM
animated ellipse animated ellipse

केराबारीमा मच्छिन्द्र मेला लाग्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० पुष २०७३, आईतवार २१:१४
3
Shares
१० पुस उर्लाबारीे / धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको परापूर्वकालदेखि लाग्दै आएको मोरङ केराबारीको मच्छिन्द्र मेला पुनः सञ्चालनमा आउने भएको छ ।
पुस १९ गतेदेखि पुस २५ गतेसम्म मेलाको आयोजना गरिने केराबारी व्यापार प्रबन्ध समितिले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
हरेक वर्ष आंैसीको पौष पञ्चमीदेखि साता दिनसम्म लाग्ने सो मेला विगत माओवादी द्वन्द्वकालमा शान्ति सुरक्षाको अभावका कारण लाग्न सकेको थिएन ।

केराबारीको पहिचानका रुपमा स्थापित सो मेला २१ वर्षपछि पुनः लगाउने तयारी गरिएको आयोजक केराबारी व्यापार प्रबन्ध समितिका अध्यक्ष चुरानसिंह विकले बताएका छन् ।
अध्यक्ष बिकका अनुसार मेलामा दैनिकजसो राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुति,बिभिन्न जातजातिको झाँकी,स्थानिय कृषिजन्यबस्तुको प्रर्दशनीका साथै मनोरन्जनात्मक खेलकुद तथा बालउद्यान राखिनेछ । तत्कालीन समयमा खदम खोलाको बगरमा मेला लाग्दै आएको सो मेलालाई विकृति विसंगतिरहित बनाउँदै अगाडि बढाउने उद्देश्यले स्थानीय धार्मिक सांस्कृतिक कृषि प्रर्वद्धन गर्न केही परिमार्जन गरिने विकले बताए ।
केराबारी व्यापार प्रबन्ध समितिको अगुवाई तथा खेलकुद विकास समितिको समान्वयमा लाग्न आँटेको सो मेला सभ्य र भव्यरुपमा सम्पन्न गर्न मेला आयोजक कमिटिको मातहतमा स्वयंम सेवक समिति, सांस्कृतिक समिति, प्रचार–प्रसार समितिसहित विभिन्न ५ वटा उपसमिति गठन भएको मेला आयोजक समितिका प्रचारप्रसार प्रमुख किशन शाहीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर