AArya
RUMPUM
animated ellipse animated ellipse

पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघमा डा.श्रेष्ठ निर्वाचित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ चैत्र २०७५, मंगलवार २१:३५
3
Shares

विराटनगर / पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय समितिको सभापति सहप्राध्यापक डा.सन्देशदास श्रेष्ठ निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनमा निकटम प्रतिद्धन्द्धी नरेशकुमार साहलाई ३ मतको झिनो अन्तरले पराजित गर्दै डा.श्रेष्ठ सभापतिमा निर्वाचित भएका हुन् ।

संयुक्त प्यानलबाट उम्मेदवारी दिएका श्रेष्ठले ३९ मत प्राप्त गरे भने साहले ३६ मत ल्याए । उप सभापतिमा बसन्त पौड्याल ४२ मतसहित बिजयी भएका छन् । महासचिवमा भुपेन्द्र बाराकोटीले ४१ मत ल्याएर बिजयी भए । सचिवमा जिवन थापा ४१ मत र कोषाध्यक्षमा नितीन भगत ३९ मत ल्याएर बिजयी भएका छन् ।

त्यस्तै सदस्यहरुमा डा. बिनिता पौडेल, यज्ञप्रसाद जमरकट्टेल, सन्नीकुमार साह र मदनबहादुर थापा विजयी भएका छन् । ८० मतदाता रहेकोमा ७८ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर