पूर्वाञ्चल खबर
विराटनगर / विराटनगरको आयल निगम पूर्व रहेको मोर्डन ऐरा स्कूलले आज एउटै मञ्चमा तीन वटा प्रतियोगिता सम्पन्न गरेको छ । स्कूल परिसरमा ‘मोर्डन एरा ग्राण्ड फिनाले’ नाम दिएर एउटै मञ्चमा तीन वटा स्पर्धा सम्पन्न गरेको हो ।
विद्यार्थीहरूमा भएको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना सिंगीन, डान्सिङ्ग र फेशन शो प्रतियोगिता आयोजना गरेको स्कूलका संस्थापक निर्देशक इन्द्र राईले जानकारी दिए । ‘
विद्यार्थीहरूमा अनेक प्रकारको प्रतिभा हुने गरेको छ,’ स्कूलका निर्देशक राईले भने, ‘उनीहरूको प्रतिभा खोजी गर्न यस्तो प्रतियोगिता आयोजना गरेको हो ।’ भिन्न तरिकाले रोचक बनाउन पनि एउटै मञ्चमा तीन वटा प्रतियोगिता गरेको उनले बताए ।
सिंगीनतर्फको प्रथम विलास चौधरी, द्धितीय प्रतिक राई, तृतीय समिक्षा पौडेल भइन् ।
किड्स मोर्डलिङको छात्रतर्फको प्रथम सुयोग खतिवडा भए । त्यस्तै जुनियतर्फको विजेता अंकित थापा, छात्रातर्फको साहत रिजाल भइन् । मोर्डलिङ्गको सिनियतर्फको बिजेता अतिनेस थापा मगर, छात्रातर्फ अन्सु घोषित भइन् । कलेजतर्फको छात्रमा दिपक सुवेधी र छात्रातर्फ उषा खड्का घोषित भइन् ।
कड्सितर्फको नृत्यको विजेता सुयोग खतिवडा र छात्रातर्फ इसिका माझी भइन् । त्यस्तै सुनियर नृत्यतर्फको प्रथम प्रतिक राई तथा छात्रातर्फ आयूषा खरेल घोषित भइन् । सिनयतर्फको नृत्यको छात्रतर्फ अमन शर्मा प्रथभ भए भने छात्रामा रिसिका भट्टराई घोषित भइन् ।
बेस्ट टिचर अफ द इयरमा चन्दन चौधरी, अम्बिका श्रेष्ठ घोषित भइन् । स्टुडेन्ट अफ द इयरमा सुदिप नेपाल, लिलु रेग्मी भए । बेस्ट क्याप्टेन अफ द इयरमा स्वहेजराज दाहाल भए ।
प्रतियोगितामा स्कूलमा नर्सरीदेखिको कक्षा १२ सम्म अध्ययरत विद्यार्थीहरूले प्रतियोगितामा भाग लिएको स्कूलका प्रिन्सिपल राम घिमिरेल बताए । जुनियतर्फको नृत्यमा १२, सिनियरतर्फको ८ जनाले भाग लिएका थिए भने गायनतर्फ १० जनाले भाग लिएको स्कूलले जनाएको छ ।
प्रतियोगिताको निर्णायकहरूमा गायक सुमन श्रेष्ठ, दिपेन थापा, नृत्य निर्देशक मनोजकुमार राजवंशी र स्कूलकी शिक्षीका अम्बिका श्रेष्ठ गरेकी थिइन् ।
प्रतियोगिताको बिजेता हुने प्रतियोगिहरूलाई स्कूलका अभिभावक तथा पूर्व प्रमुख जिल्ला अधिकारी केशबबहादुर केसी, प्रिन्सिपल राम घिमिरे, निर्देशक इन्द्र राई, प्लस टुको को-अर्डिनेटर ठाकुर भण्डारी, भाइस प्रिन्सिपल प्रकाश झालगायले ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए ।