AArya
RUMPUM
animated ellipse animated ellipse

विद्या भूमि स्कूलको वार्षिकोत्सव

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ फाल्गुन २०७५, शनिबार १८:२७
9
Shares

विराटनगर / विराटनगर –५ मा रहेको विद्या भूमि स्कूलले २३ औं बार्षिक तथा अभिभावक दिवस मनाएको छ ।

स्कुलले आज शनिबार स्कूलको प्राङ्गमा विभिन्न कार्यक्रम आयोजना गरि बार्षिक तथा अभिभावक दिवस मनाएको हो ।

वार्षिक उत्सवमा विद्यार्थीहरुले गीत,नाटक र नृत्यलगायतका विभिन्न प्रस्तुतीबाट कार्यक्रममा उपस्थीत अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए । सोही अवसरमा स्कूलमा भएको आन्तरी खेलकुदमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी एनप्याब्सन मोरङका अध्यक्ष सुनील दत्त अधिकारी, ब्रेम ब्रस्टर एजुकेशन फाउण्डेशन सिइयो अच्यूत गौतम,स्कूलका प्रिन्सिपल दिपेन भट्टराई र स्कूलका सञ्चालक गुणानन्द महतोेलगायतले बोलेका थिए ।
स्कूल व्यवस्थापन समितीका अध्यक्ष पराग ढुंगानाको सभापतीत्वमा कार्यक्रम सम्पनन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर