AArya
RUMPUM
animated ellipse animated ellipse

सातौं राष्ट्रिय खेलकुद–टेबल टेनिसमा रविना र स्वेच्छाको जोडीलाई स्वर्ण पदक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० पुष २०७३, आईतवार १६:२१
3
Shares
१० पुस विराटनगर /आर्मीका रविना महर्जन र स्वेच्छा नेम्वाङ्गको जोडीले सातौं राष्ट्रिय खेलकुदमा टेबल टेनिस महिला जोडीतर्फ स्वर्ण पदक जितेका छन् । रविना र स्वेच्छाको जोडीले आज भएको फाइलन खेलमा पुलिसका नविता र एलिना महर्जनको जोडीलाई ७–११, ११–७, ११–६, ७–११ र ११–३ को सेतले पराजित गरेका थिए । एपिएफका शेलिषा र सोनु तथा आर्मीका दिक्षा र सिक्काको जोडीले कास्यमा चित्त बुझाए ।
पुरुष जोडी तर्फ पुलिसका प्रदीप रोक्का र विनेश खनियाको जोडीले एपिएफका शिवसुन्दर गोथे र अमरलाल मल्लको जोडीलाई ११–९, ११–९, ३–११ र ११–९ को सेटले पराजित गर्दै स्वर्ण पदक हात पारेका छन् । तेश्रो स्थानमा पुलिसका दीप साउन र स्यान्टु श्रेष्ठ तथा पुरुषोत्तम र चन्दन शाहीको जोडी रहे ।
शहिद रंगशालामा रहेको कभर्डहलमा भएको महिला टिम ईभेन्टस्मा पुलिसले स्वर्ण पदक हात पारेको छ । पुलिसले एपिएफलाई ३–१ को सेटले पराजित गर्दै स्वर्ण हात पारेको हो । तेश्रो स्थानमा आर्मी र मध्यमाञ्चल रहे ।
यसै विधाको पुरुष तर्फको खेलमा पनि पुलिसले जित स्वर्ण पदक जितेको छ । पुलिसले एपिएफलाई ३–१ले नै पराजित गर्दै स्वर्ण संख्यालाई बृद्धि ग¥यो । एपिएफ रजतम खुम्चियो । मध्यमाञ्चल र पूर्वाञ्चलले कास्य पाए ।
मिक्स डबल्स तर्फको खेलमा पुलिसका स्यान्टु श्रेष्ठ र एलिना महर्जनको जोडी र दीप साउन र नविताको जोडी फाइनल प्रवेश गरेका छन् । स्यान्टु र एलिनाको जोडीले सेमिफाइनलमा आर्मीका कृष्ण र रविना महर्जनको जोडीलाई ११–८, ११–७ र ११–७ले तथा दीप र नविताको जोडीले एपिएफका पुरुषोत्तम र सोनुको जोडीलाई ६–११, ११–४, ११–४, ८–११ र ११–८ले पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर