AArya
RUMPUM
animated ellipse animated ellipse

यौन सम्पर्क गराउने गरेको आरोपमा विराटनरबाट एक महिला पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ फाल्गुन २०७५, आईतवार १९:२५
3
Shares
विराटनगर / यौन सम्पर्क गराउने गरेको आरोपमा विराटनगर महानगर पालिकाबाट एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका वडा नं. ११ मा रहेको टिफिन रेष्टुरेन्टकी सञ्चालक प्रिया श्रेष्ठलाई बिभिन्न जिल्लाहरूबाट रोजगारीको सिलसिलामा आएका युवतीहरूलाई रेष्टुरेन्टमा आउने ग्राहकहरूसँग यौन सम्पर्क गराउने गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हाृ ।

श्रेष्ठले ती युवतीहरुलाई जवरजस्ती डर त्रास देखाई करकापमा यौन सम्पर्क राख्न लगाउने गरेकोले रेष्टुरेन्टकी सञ्चालक श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कर्यालय मोरङका प्रवक्ता डिएस्पी घनश्याम श्रेष्ठ जानकारी दिए । पक्राउ परेकी श्रेष्ठलाई मानव वेचविखन तथा ओसार पसार ऐन २०६४ बमोजिम जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान शुरु भएको डिएस्पी श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर