पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर –१० मा रहेको अरनिको माध्यमिक विद्यालयले ४३ औ. बार्षिकोत्सव तथा अविभावक दिवश मनाएको छ ।
स्कूलले विद्यालयको प्राङ्गणमा आज विभिन्न कार्यक्रम गरी बार्षिकोत्सव तथा अविभावक दिवश मनाएको हो । वार्षिकोत्सवमा विद्यार्थीहरुले गीत, नृत्य , ड्रामा र फेशनलगायतका विभिन्न प्रस्तुतीबाट उपस्थीत अभिभावक, शिक्षक र अतिीथीहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए । सोही अवसरमा स्कूलमा भएके आन्तरीक खेलकुदमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।
स्कूलमा नर्सरीदेखि कक्षा १२ सम्म करिव दुई हजार दुई सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथी पूर्वाञ्चल विश्व विद्यालय अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रा.डा. मीनराज ढकाल, प्रदेश सभाका सांसद खिनु लामा, जिव वैज्ञानिक प्रा.डा. रामबहादुर थापा, स्कूलका सञ्चालक विकाश खनाल, स्कूलका प्रिन्सिपल राजेश कार्कीर विराटनगर महानगरपालीका १० का वडाअध्य माधवराज वाग्लेलगायतले बोलेका थिए । कलेजका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीकोे सभापतित्वमा बार्षिकोत्सव तथा अविभावक दिवश सम्पन्न भएको थियो ।