AArya
RUMPUM
animated ellipse animated ellipse

विवेकानन्द परीक्षामा पियंका प्रथम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ फाल्गुन २०७५, शुक्रबार १९:३३
3
Shares

विराटनगर / विद्यार्थीहरुलाई धर्म, संस्कृति तथा नैतिक शिक्षाको जानकारी गराउन उद्देश्यका साथ स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा २०७५ सम्पन्न भएको छ ।

स्वामी विवेकानन्दको “आदर्श विद्यार्थी, आदर्श नागरिक”भन्ने उद्दघोषलाई आत्मसात गर्दै स्वामी विवेकानन्द संस्कृति ज्ञान परिक्षामा दुई हजार भन्दा बढी बिद्यार्थीले सहभागीता जनाएका थिए ।

उक्त परीक्षामा श्री आर्दश उच्च मा. वि. की प्रियंका झा प्रथम, मनकामना स्कूलका प्रशान्तकुमार यादव दोस्रो र बुढीगंगा पब्लिक स्कूलका दर्शन गौतम तेस्रो भए । प्रथम हुनेलाई ३१ हजार, दोस्रो हुनेलाई २१ हजार र तेसा्रे हुनेलाई ११ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै सान्तवना पुरस्कार प्रप्त गर्ने १० जनाले प्रमाणपत्र सहित सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर