पूर्वाञ्चल खबर
भोजपुर षडानन्द नगरपालिका १ का विकले श्रीमती ५३ वर्षीया असली विक(माया)को उपचारमा रकम अभाव भएकोले सहयोग गर्न आग्रह गरेका हुन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै विकले भक्तपुर अस्पतालमा विगत ४ वर्षदेखि उपचाररत श्रीमतीको क्यान्सरका अप्रेसन गर्न ५ लाख लाग्ने भएपनि आफुसँग रकम अभाव भएकोले सहयोग गर्न आग्रह गरेका हुन् ।
उपचारमा हालसम्म चार लाख रुपैया खर्च हुँदा आफ्नो सवै सकिएको र अब रकम नभएको उनको भनाई छ । २ जना छोरासहित आफू श्रीमतीको उपचार गर्दा सुकुमबासी भएको र अझै बिरामी ठिक नहुँदा पीडामा दिनरात बाँच्नुपरेको उनले बताए